किरियापुत्री भवन बनाउन महायज्ञ

7.2k Shares

भक्तपुर । पितृमुक्तिको लागि १३ दिनसम्म किरियाकर्म गर्न अधुरो रहेको पृतिमुक्ति भवन निर्माण पुरा गर्न भक्तपुरको गठ्ठाघरमा जेठ चार गतेदेखि श्रीमद् भागवत महायज्ञ हुने भएको छ । महायज्ञ स्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अधुरो यो भवन पुरा गर्न महायज्ञ लगाउन लागेको सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले बताए । 

महायज्ञबाट उठेको दानबाट भवन निर्माण, अक्षयकोष र पुस्तकालय बनाउने योजना रहेको बताए । जेठ ४ देखि १० गतेसम्म हुने महायज्ञको मञ्जरी राधिका दाशीले कथाबाचन गर्नेछिन् । 

‘किरियापुत्री भवन निर्माण जस्तो सामाजिक कार्य पुरा गर्न ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने’ भन्ने अभियानलाई सार्थता दिन महायज्ञ गर्न लागिएको बताए । महायज्ञ सफल पार्न १७ वटा उपसमिति बनाएएको छ । 

२०६९ सालको पुरानबाट उठेको रकमबाट यो भवन निर्माण सुरु भएको हो । ‘भवन निर्माण गर्न धेरै समाजसेवीहरुसँग सहयोग संलकन गर्‍यौ तर, पुरा गर्न नसकेकोले अधुरो भवन पुरा गर्ने उद्देश्यले पुनः महायज्ञ लगाउन लागेका हौँ,’ सुवेदीले भने । 

महायज्ञबाट दुई करोडभन्दा बढी संकलन गर्ने लक्ष्य लिइएको छ । दाताले दिएको सहयोगको आधारमा सम्मानको विशेष व्यवस्था मिलाएको छ ।  भवन निर्माण, शौचालय, ढिकोरो उठाउनसहित गरी एक करोड ६३ लाख रुपैयाँ खर्च भएको सुवेदीले बताए ।

सम्बन्धित समाचार