तिलाठी गाउँपालिकाभर अब पाठ्यपुस्तक र शुल्क एउटै

18.2k Shares

सप्तरी, ५ मंसिर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले संस्थागत विद्यालयको शुल्क, पाठ्यपुस्तक तथा परीक्षा मितिमा एकरूपता ल्याउने निर्णय गरेसँगै विद्यार्थी र अभिभावक खुसी भएका छन् । 

गाउँपालिकाको उक्त निर्णयले संस्थागत विद्यालयको कक्षा ९ मा अध्ययनरत ममता यादवले वर्षैपिच्छे पाठ्यपुस्तक किन्ने आर्थिक बोझबाट अभिभावक बल्ल उन्मुक्ति पाएको जानकारी दिइन् । 

नगरपालिकाको यो निर्णय सबै पक्षको हितमा रहेको  अभिभावक बलराम दास बताउँछन् । 
पाठ्यप्स्तक प्रकाशक र स्टेशनरीको कमिसनबाट अभिभावक, विद्यार्थीले सास्ती व्यहोर्दै आएको बेला गाउँपालिकाको सो निर्णय जिल्लाकै लागि उदाहरणीय रहेको पंकज झा दाबी गर्छन् । 
गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेश झाले गाउँपालिकाले गाउँपालिकाका सबै संस्थागत विद्यालयका पाठ्यपुस्तक, वर्षभरि हुने सबै परीक्षाको मिति र मासिक शुल्मा आउँदो शैक्षिक सत्रदेखि एकरूपता ल्याउने निर्णय गरेको बताए । 

सम्बन्धित समाचार