यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ३ जना पक्राउ, ५ महिलाको उद्धार

9.5k Shares

पोखरा । पोखराबाट तीन जना व्यक्तिहरूलाई यौन व्यवसाय सञ्चालनको आरोपमा पक्राउ गरिएको छ।
प्रहरीले रेष्टुरेन्टबाट पाँच महिलालाई उद्धार गरेको छ र मानव बेचबिखनसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
पक्राउ परेकाहरूमाथि कास्की जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ।
१ जेठ, काठमाडौं । रेष्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनुहँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ छन् ।

रेष्टुरेन्टबाट प्रहरीले पाँच महिलालाई उद्धार समेत गरेको छ ।पक्राउ परेकाहरुविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखनसम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरि बस्नेतले बताए ।

सम्बन्धित समाचार