५ महिनापछि खुल्यो हिमपातले अवरुद्ध लिमी-लाप्चा सडक

8k Shares

नाम्खा गाउँपालिका-६ को न्यालु लेख सडक हिमपातका कारण अवरुद्ध भएको थियो, जुन हिउँ पन्छाएपछि पुनः खोलिएको छ। बढी हिमपातले पर्यटक र स्थानीयवासीलाई मानसरोवर कैलाशको दूरदर्शन र आवागमनमा समस्या भएको थियो, तर अहिले समस्या समाधान भएको छ।

अब लिमी-लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन र गाउँपालिका केन्द्रसम्मको यात्रा सहज भएको छ।
२९ वैशाख, काठमाडौं । हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित लिमी-लाप्चा खण्डअन्तरगत न्यालु लेख खुलेको छ  ।

नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जाेर तामाङका अनुसार बाक्लाे हिमपातले अवरुद्ध भएकाे ४,९९० मिटर उचाइमा रहेकाे न्यालुको सडक पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छयाएपछि खुलाएको हो ।

पुस, मंसिर महिना परेकाे बाक्लाे हिमपातले न्यालु लेख बन्द भएपछि लिमी-लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न पर्यटकहरू र नाम्खा गाउँपालिका -६ का स्थानीयवासीलाई समस्या भएकाे वडाध्यक्ष तामाङले बताए ।

उनका अनुसार अब लिमी लाप्चा नेपाली भूमिबाट चीनमा रहेकाे मानसरोवर कैलाशकाे दूरदर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज भएकाे छ ।

वडानम्बर -६ काे लिमीबाट गाउँपालिका केन्द्र र सदरमुकाममा सिमकाेट आउजाउ गर्न पनि सहज भएकाे तामाङले बताए ।

सम्बन्धित समाचार