गुल्मीमा क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

7.6k Shares

गुल्मी – गुल्मीमा क्यान्सर पीडित एक जना बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । रेसुङ्गा नगरपालिका–८ खानीगाउँ निवासी क्यान्सर पीडित ३४ वर्षीय लक्ष्मी थापालाई ४५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

पारिवारिक रूपमा थापाको आर्थिक अवस्था कमजोर रहेको छ । लामो समयसम्म क्यान्सरको उपचार गरिरहनु पर्दा रकमको अभाव भएपछि थापाको परिवारले उपचारका लागि सबैमा आर्थिक सहयोगको याचना गर्नुभएको थियो ।

चेम्बर अफ कमर्श गुल्मीले सञ्चालन गरेको दोस्राे गुल्मी महोत्सवको अवसरमा थापाको उपचारार्थ विभिन्न व्यक्तिहरूबाट ४५ हजार रुपैयाँ सङ्कलन भएको थियो । सङ्कलन गरिएको रकम चेम्बर अफ कमर्श गुल्मी अध्यक्ष दुर्गाप्रसाद पाण्डेसहितको टोलीले क्यान्सर पीडित थापाको घरमा पुगेर हस्तान्तरण गरेको थियो ।

जिल्लामा स्थानीय युवाहरूको सक्रियतामा क्यान्सर पीडित ‘लक्ष्मी बचाउ’ अभियान सञ्चालन गरी आर्थिक सहयोग सङ्कलन भइरहेकाे छ ।

सम्बन्धित समाचार