11.3k
Shares
काठमाण्डौ – ओमान सरकारले भिसाविहीन नेपालसहित आप्रवासी श्रमिकलाई तीनमहिने आममाफी दिएको छ ।
ओमानको श्रम मन्त्रालयले भिसा सकिएर कानूनी हैसियतबिना बसोबास गरिरहेका श्रमिकलाई जरीवाना नतिरी स्वदेश फर्किनको तीन महिनाको समय दिएको हो ।
यो योजनाअनुसार स्वदेश फर्किने नेपाली श्रमिकका लागि जरिवाना शुल्क पूर्ण रूपमा माफ गरिएको नेपाली दूतावासले जनाएको छ ।
नेपाली दूतावासले विज्ञप्ति निकालेर यो योजनाको लाभ लिन भिसाविहीन नेपालीलाई अनुरोध गरेको छ । दूतावासले स्वदेश फिर्ती प्रक्रियाको लागि सहजीकरण गर्ने जनाएको छ ।
ओमानमा भिसाविहीन नेपाली कति छन् भन्ने यकिन छैन । त्यहाँ करिब २२ हजार नेपाली कार्यरत छन् ।