प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीले जित्यो

6.2k Shares

काठमाण्डौ – पोखरामा सञ्चालित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रङ्गशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै इरानी टोलीले उपाधि जितेको हो ।

यसअघि सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतियोगितामा इरानी टिम, भारतीय टिम, गण्डकी प्रदेश टिम र तीन विभागीय टिमहरू त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ गरि ६ टिमको सहभागिता रहेको थियो ।  

सम्बन्धित समाचार