मुगु, वैशाख २२ गते । मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई रारामा पर्टकलाई आध्यात्मिक ज्ञान र बस्नका लागि धर्मशाला निर्माण भएको छ । राराको छाब्रु महादेव मन्दिर परिसरमा धर्मशाला तयार गरिएको हो ।
जिल्लाका आध्यात्मिक वात्तीको लगानीमा दुई लाख पचास हजार रुपियाँको लगानीमा धर्मशाला, निर्माण गरिएको आध्यात्मिक विर्ष बहादुर रोकायाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "रारामा आउने धेरैजसो आन्तिक र विदेशी पर्यटकले धर्मशालामा बास बस्नलाई खोज्दै आउने भएकाले रारामा धर्मशाला नभएको हुँदा पर्यटकका सहजकालागि हामी स्थानिय व्याक्तीहरुको सहयोगी हातले धर्मशाला निर्माण गरिएको हो ।"
कर्णाली प्रदेशकै प्रमुख पर्यटकिय स्थल रारा ताल धार्मिक स्थल भएकोले रारा आउने पर्यटकले आध्यात्तमिक ज्ञान लिन र पर्यटकलाई बस्नकालागि सहज होस् भन्ने उदेश्यले राराको प्रसिद्ध शक्तिपीठ छाब्रु महादेव मन्दिर प्रसिरमा धर्मशाला निर्माण गरिएको रोकायाले भन्नुभयो । रारा छाब्रु महादेवको परिसरमा निर्माण भएको धर्मशाला आइतवारदेखि सञ्चालनमा आएको छ ।
रारा आउने पर्यटकले बसोबासका लागि होटल र गाउँ खोज्नु पर्ने बाध्यता हटेको आध्यात्मिक ज्ञानप्रशासद भट्टले बताउनुभयाे । उहाँले भन्नुभयो, "आफूले विगतका वर्षहरुदेखि रारामा पर्यटकको सहजका लागि धर्मशाला निर्माणका लागि कर्णाली प्रदेशको सरकार र जिल्लाका स्थानीय निकायहरुसँग बेलाबखत समन्वय गरेपनि सरकारले हामी आध्यात्मिक वात्तीको कुरा सुनुवाइ नभएपछि हामी आठजनाले चन्दा उठाएर धर्मशाला निर्माण गरेका हौं ।