करेन्ट लागेर मृत्यु

9.4k Shares

बारा, १४ वैशाख । आदर्शकोतवाल गाउँपालिका-८ बोहा टोल बस्ने ४५ वर्षीय चनर मुखियाको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।

आफ्नै खेतमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार