आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

7.1k Shares

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपालिका-१० थानेचौर बस्ने ६५ वर्षीय खडक बहादुर सुनारको
घरमा बिहीबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बर्दिया, बढैयाताल गाउँपालिका-५ खैसा बस्ने दिलाल पठानको घरमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १ लाख ९३ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रामेछाप, लिखु तामाकोशी गाउँपालिका-६ बिर्ता बस्ने चक्र बहादुर श्रेष्ठको गोठमा बिहीबार साँझ आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका-१२ कुण्डे बस्ने मान बहादुर कुँवरको गोठ र घरमा बिहीबार दिउँसो आगलागी हुँदा गोठ र घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारस्थित सोही नगरपालिका- ११ कलुवापुर बस्ने ३० वर्षीय राजेश धामीको सेकुवा सेन्टरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

डडेलधुरा, परशुराम नगरपालिका-१० दुम्सीजला बस्ने लक्ष्मण बुढाको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब ५ लाख १७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बारा, देवताल गाउँपालिका-७ बेनौलीस्थित सोही गाउँपालिका-५ बस्ने ललन महतोको नास्ता पसल समेत ३ जनाको पसलमा बिहीबार राति आगलागी हुँदा करिब २ लाख १३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार