काठमाडौं । कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, दार्मा गाउँपालिका-५ बाध्नेस्थित सडक छेउमा रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-९ घर भएका ६० वर्षीय मान सिंह कसेरा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
इलाम, चुलाचुली गाउँपालिका-२ हात्तिलेदा बस्ने ८४ वर्षीय रहिमान कुरुङफोङ सोही ठाउँस्थित मकै बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट, गरूडा नगरपालिका-८ स्थित चाँदी खोलामा वृन्दावन नगरपालिका-७ बस्ने सुरूज राय यादवको छोरा १४ वर्षीय कृष्ण प्रसाद यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ पुर्णागिरी टोलस्थित मलरिया नालामा सोही ठाउँ बस्ने ३५ वर्षीय प्रेम सुनार बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।