आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

7.5k Shares

काठमाडौं, ११ वैशाख । कैलाली, कैलारी गाउँपालिका-४ के गाउँ बस्ने ४० वर्षीय शंकर प्रसाद चौधरीको फर्निचर उद्योगमा बुधबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनकुटा, महालक्ष्मी नगरपालिका-६ बासपानी बस्ने भोलामान तामाङको गोठ र अर्जुन तामाङको घर र गोठमा बुधबार राति आगलागी हुँदा करिब ४ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनुषा, गणेशमान चारनाथ नगरपालिका-२ गंगापुर बस्ने जगेश्वर ठडिया यादवको घरमा बुधबार साँझ आगलागी हुँदा घर पूर्ण जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रोल्पा, परिवर्तन गाँउपालिका-१ दर्पण बारहले बस्ने ओम बहादुर खत्रीको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ अरबे टोल बस्ने सुरेन्द्र कुमार राईले आफ्नै घरको आगनमा चार्जमा राखेको प्र.१-०२-००३ ह १६४६ नम्बरको सिटी सफारी र नजिकै रहेको को.५ प ५४७४ नम्बरको मोटरसाइकलमा गए राति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रूपन्देही, कोटहीमाई गाउँपालिका-३ कुडसर बस्ने ३१ वर्षीय बिनोद बराईको उखु बारीमा बुधबार राति आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार