9.5k
Shares
काठमाडौं, ११ वैशाख । दार्चुला, लेकम गाउँपालिका-१ खेतालीस्थित चौलानी नदीमा बैतडी डिलासैनी गाउँपालिका-५ बस्ने ४५ वर्षीय श्याम सिंह साउद बुधबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-२६ सिसैस्थित नारायणी नदीको किनारमा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-५ बस्ने ४० वर्षीया सुकमाया बोटे बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ जलमापन केन्द्र नजिकै नारायणी नदीको किनारमा सोही महानगरपालिका -११ भोजाड बस्ने ४५ वर्षीय ओमराज मैनाली बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।