काठमाडाैँ । हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा.लि.का संचालक ईश्वर लुइटेलले भारत, मलेसिया, सिंगापुर र दुबईमा ४ जना भ्रमण गर्न लाई भनी प्रति व्यक्तिबाट रू.२,७०,००० का दरले रु.१०,८०,००० लिइ नेपालबाट भारत, मलेसिया, सिङ्गापुर हुँदै दुबई पुर्याई खाना, बस्न समेतको पैसा नतिरि सम्पर्क बिहिन भई ठगी गरेका छन् ।
उनी हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा.लि.का संचालक जिल्ला ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं. ६ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १२ बस्ने वर्ष २७ को ईश्वर लुइटेल हुन् ।
यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०१।०८ गते पक्राउ गरी ठगी सम्बन्धी आवश्यक अनुसन्धान एंव कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको छ।
उनी गुनु लामाको रु ६,००,००० रहेको बैंकिङ कसुर मुद्दामा प्रहरी बृत्त सिंहदरबारबाट फरार रहेको कुरा पनीअनुसन्धानबाट खुल्न आएकाे छ ।
