सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

6.3k Shares

काठमाडौं- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्दै कीर्तिमानी उचाइमा पुगेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ । यो मूल्य स्थानीय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो ।  

यसअघि गत वैशाख ४ गते सुनको भाउ हालसम्मकै उच्च कायम थियो । उक्त दिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९० हजार ६ सय पुगेको थियो ।  आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो ।  

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज आइतबारकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । 

सम्बन्धित समाचार