काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ३७ पैसा र बिक्रीदर १३७ रुपियाँ ९७ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ४६ पैसा र बिक्रीदर १५७ रुपियाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपियाँ २७ पैसा र बिक्रीदर १८२ रुपियाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपियाँ ६९ पैसा र बिक्रीदर १६८ रुपियाँ ४२ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८७ पैसा र बिक्रीदर ८७ रुपियाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ १५ पैसा र बिक्रीदर ९९ रुपियाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ४२ पैसा र बिक्रीदर १०४ रुपियाँ ८८ पैसा निर्धारण गरिएको छ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७९ पैसा र बिक्रीदर १८ रुपियाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६० पैसा र बिक्रीदर ३६ रुपियाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६८ पैसा र बिक्रीदर ३७ रुपियाँ ८५ पैसा कायम भएको छ।