बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–२ रानीपुरको खो खो कभर्डहलमा हिजोदेखि खो खो खेलको लिग प्रतियोगिता शुरू भएको छ ।
हिजो पहिलो दिन भएको खो खो खेलको पहिलो खेलमा ११ अङ्क बढी ल्याएर नेचर नेष्ट टाइगरर्स (ठाकुरबाबा) अग्र स्थानमा रहेको छ । नेचर नेष्ट टाइगरर्स (ठाकुरबाबा) र डेली कन्स्ट्रक्सन राईनोस (बाँसगढी) बीचको पहिलो खेलमा नेचर नेष्ट टाइगरर्स (ठाकुरबाबा) ले ३८ अङ्क प्राप्त गरेको छ । डेली कन्स्ट्रक्सन राईनोस (बाँसगढी) ले २७ अङ्क मात्रै प्राप्त गर्यो ।
यस्तै दोस्रो खेलमा १७ अङ्क बढी ल्याएर कन्चन गैडहवा रोयल्स (रुपन्देही) अग्र स्थानमा छ । कन्चन गैडहवा रोयल्स (रुपन्देही) र सुदूपश्चिम किङ्ग्स बीच भएको दोस्रो खेलमा कन्चन गैडहवा रोयल्स (रुपन्देही) ले ५० अङ्क प्राप्त गरेको छ भने सुदूपश्चिम किङ्ग्सले ३३ अङ्क प्राप्त गरेको आयोजक नेपाल खो खो सङ्घले जनाएको छ ।
सङ्घका अनुसार खो खो लिग–२०८१ (ड्रिम खो खो) खेलमा पाँच वटा टोली सहभागी हुँदैछन् । प्रतियोगितामा डली कन्स्ट्रक्सन राइनोज, न्याचर नेष्ट टाइगर्स, विकास प्रेमी ब्ल्याक बक, सुदूरपश्चिम किङ्ग्स र कञ्चन गडाहवा रोयल्सले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक खगेन्द्र शाहीले जानकारी दिनुभयो ।
टोलीमा अन्तर्राष्ट्रिय एक, राष्ट्रिय दुई, प्रदेश स्तरीय तीन र जिल्लास्तरका ६ जना गरी १२ जना खेलाडी सहभागी हुनेछन् । खो खो लिग प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ ।