‘ज्ञानेन्द्र, गिरिजाप्रसाद र मैले गणतन्त्रका लागि हस्ताक्षर गरेपछि प्रचण्ड जोडिन आइपुगे’

10.2k Shares

काठमाडौं- प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र स्थापनाका लागि सुरूमा तीनजनाबीच सहमति भएको दाबी गरेका छन् ।

२०६२/६३ को आन्दोलनपछि भएको त्यबेलाको सहमतिमा तत्कालीन राजा ज्ञानेन्द्र शाह, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको दाबी नेपालले गरेका हुन् ।

आइतबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला-प्रशिक्षणलाई सम्बोधन गर्दै नेपालले माओवादी जनयुद्धअघि गणतन्त्र ल्याउनेबारे तीन जनाबीच स्पष्ट सहमति भएको जिकिर गरेका हुन् ।

अध्यक्ष नेपालले गणतन्त्र ल्याउन २०६३ वैशाख ११ गते भएको सहमतिलाई स्मरण गरे । ‘गिरिजाबाबु र म बस्यौँ, कागज तयार गर्यौँ, ज्ञानेन्द्र शाहले जनताको हातमा अधिकार सुम्पिसकेका थिए’, उनले भने, ‘त्यसपछि मात्रै माओवादी आन्दोलन पनि हाम्रो अभियानमा मिसिएको हो।’

सम्बन्धित समाचार