भारतमा ९.७ मिलियन ह्वाट्सएप अकाउन्टमा प्रतिबन्ध, मेटाको अहिलेसम्मकै ठूलो कारबाही

8.3k Shares

नयाँदिल्ली– मार्क जुकरबर्गको मेटा कम्पनीको व्हाट्स एपले भारतका ९ मिलियन भन्दा बढी खातामाथि प्रतिबन्ध लगाएको छ। 

व्हाट्सएपका अनुसार फेब्रुअरी २०२५ सम्ममा भारतका ९.७ मिलियन खाता बन्द गरिएका छन् । उसका अनुसार यस निर्णयको कारण दिँदै कम्पनीले भारतमा ह्वाट्सएप प्रयोग गर्ने नियम उल्लङ्घन गर्ने खाता बन्द गरिएको बताएको छ ।

व्हाट्सएपको फेब्रुअरी २०२५ सुरक्षा रिपोर्ट अनुसार कम्पनीले १.४ मिलियन भन्दा बढी खाताहरू प्रतिबन्धित गरिएको छ, जसको बारेमा कुनै पनि प्रयोगकर्ताले उजुरी पनि गरेका छैनन्। भारतमा पनि व्हाट्सएपका ५० मिलियन भन्दा बढी प्रयोगकर्ता छन् ।

एआई संचालित मोडरेसन र उन्नत रिपोर्टिङ उपकरणहरूमा लगानीको कारण भारतमा यी ९.७ मिलियन खाताहरू प्रतिबन्धित गरिएको कम्पनीले जनाएको छ। व्हाट्सएपको तर्फबाट जानकारी दिँदै एक प्रवक्ताले भने कि व्हाट्सएपले धेरै वर्षदेखि लगातार आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेको छ।

व्हाट्सएपमा प्राप्त उजुरीहरूमा धेरै जसो केसहरू स्प्यामिंग र थर्ड पार्टी एप्ससँग सम्बन्धित छन्। यस बाहेक मानिसहरुले उनीहरुको अनुमति बिना विभिन्न समूहमा सामेल भएको केही मुद्दा पनि दर्ता गरेको छ । यी सबै उजुरीहरूको छानबिन पछि व्हाट्सएपले यस्ता गलत काम गर्ने खाताहरूलाई प्रतिबन्ध लगाएको हो ।

सम्बन्धित समाचार