अमेरिकामा आयात हुने वस्तुमा दश प्रतिशत आयात कर लाग्ने राष्ट्रपति ट्रम्पको घोषणा

9.6k Shares

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयातित सबै वस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषणा गर्नुभएको छ । उहाँले भोलिदेखि लागू हुने कर नीति  विश्व व्यापारका लागि महत्त्वपूर्ण क्षण हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै उहाँले केही देशमाथि अमेरिकी व्यापार घाटाको आधारमा अधिक आय कर लाग्ने जुन ५० प्रतिशतसम्म पनि हुनसक्ने अनुमान रहेको जिकिर गर्नुभएको छ । यो प्रणाली अप्रिल ९ देखि मात्र शुरू हुने बीबीसीको खबरमा उल्लेख छ ।

ट्रम्पको कर नीतिअनुसार बेलायती वस्तुमाथि १० प्रतिशत आय कर लाग्ने र  युरोपेली सङ्घलाई २० प्रतिशतका दरले भन्सार शुल्क लाग्ने भएको छ । सबै विदेशी गाडीमा २५ प्रतिशत आयतकर लाग्ने यसअघिको घोषणा भने आजै रातिदेखि लागू हुँदैछ । 

सम्बन्धित समाचार