नयाँ दिल्ली । बलिउडका भाइजान सलमान खानको फिल्म सिकन्दर यतिबेला हलमा लागिरहेको छ । फिल्मले बक्स अफिसमा आँधी ल्याउने अपेक्षा गरिएको थियो ।
तर, घडीका कारण विवादमा रहेका सलमानको समय सिकन्दरले बदल्न सकेन । रिलिज भएको दोस्रो दिन भारतीय बक्स अफिसमा फिल्मको कमाई ५० करोड भारुमाथि उक्लिएको छ ।
सिकन्दरले आइतबार ओपनिङ डेमा २६ करोड भारु कलेक्शन गरेको थियो । आइतबारको बिदा र चाडपर्वको मौसमलाई विचरा गर्दा यो कमाई सन्तोषजनक होइन । दोस्रो दिन सोमबार इद परेको थियो । यस दिनमा फिल्मले २९ करोडको व्यापार गरेको छ । यसरी दुई दिनको कमाई ५५ करोड रुपैयाँ पुगेको छ ।
सिकन्दर लगभग २०० करोड भारुको लागतमा बनेको हो । फिल्ममा सलमान बाहेक रश्मिका मन्दाना, सत्यराज, काजल अग्रवाल मुख्य भूमिकामा छन् । सिकन्दरको वास्तविक परीक्षा आज अर्थात् मंगलबारबाट सुरु हुनेछ ।