नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्र लाई ३० धुर जमिन सहयोग

5.8k Shares

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका - ७ निवासी केसव सिंहले नेपाल विद्युत प्राधिकरण, लालबन्दी वितरण केन्द्रलाई फ्यूज सेवा सञ्चालनका लागि करिब ६० लाख रुपैयाँ मूल्य बराबरको ३० धुर जमिन दान गरेका छन् ।

सिंहले विद्युत विकासमा योगदान दिने उद्देश्यले उक्त जमिन प्रदान गरेको बताए। वितरण केन्द्र प्रमुख त्रिभुवन कुमार यादवका अनुसार प्राप्त जमिन प्रारम्भिक रूपमा फ्यूज सेवा सञ्चालनका लागि प्रयोग गरिनेछ भने भविष्यमा प्राधिकरणको प्र. शाखाका रूपमा विकास गर्ने योजना रहेको छ ।

ईश्वरपुर नगर क्षेत्रमा मात्रै करिब १३ हजार ग्राहक रहेका छन् भने औद्योगिक लाइन विस्तारको काम पनि भर्खरै सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ ईश्वरपुरका सचिव सन्तोष रायले विद्युत सेवाको गुणस्तर सुधारमा यस जमिन दान ऐतिहासिक उपलब्धि भएको बताएका छन् । हाल यस क्षेत्रमा ५३ वटा उद्योग सञ्चालनमा रहेका छन्, जसका लागि गुणस्तरीय विद्युत सेवा आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् ।

विद्युत प्राधिकरणले प्राप्त जमिनमा भवन निर्माणका लागि माथिल्लो निकायमा प्रस्ताव पठाउने तयारी गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार