डेभलपमेण्ट बैंकर्स एशोसिएसन अध्यक्षमा दोहोरिए श्रेष्ठ

5.5k Shares

काठमाडौं– विकास बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सिइओ सुयोग श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् ।

पोखरामा बिहीबार आयोजना भएको डिबानको १९ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् ।
 
डिबानको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यक्ष र कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन भएका छन् । 

साथै, सदस्यहरुमा लुम्बिनी विकास बैंकको नरेशसिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकको दीपेश लम्साल, ग्रीन डेभलपमेन्ट बैंकको हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन् ।

सम्बन्धित समाचार