सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

7.8k Shares

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य  घटेको छ । मंगलबारदेखि उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज भने प्रतितोला हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 

चाँदी तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ३० रुपैयाँ रहेको चाँदी आज १९ सय ९५ रुपैयाँमा झरेको छ ।

सम्बन्धित समाचार