पोखरा– म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा बिहीबार साँझ करिब ५ बजेतिर ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षे देविन बिक र २१ वर्षे पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने अर्का देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । ४ जना घाइतेमध्ये २ जना स्थानीय कविराज बिक र कमल विक छन् । मालिका गाउँपालिका–६,दरबाङका विकास बिक र धवलागिरि गाउँपालिका–४,किस्मत बिक समेत घाइते भएका वडाध्यक्ष अकप्रसाद विकले जानकारी दिए । घाइते ४ मध्य १ जनालाई पोखरा ल्याइएको छ भने ३ जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।