करेन्ट लागेर एक जनाको मृत्यु

8.2k Shares

रूपन्देही– सम्मरीमाई गाउँपालिका-६ डिहुली बस्ने ६५ वर्षीय रामबृज यादवको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित आफ्नै तरकारी बारीमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर बेहोस भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार