काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पूर्व राष्ट्रपति जो बाइडेनले दिएको माफीलाई अमान्य घोषणा गरेका छन्। ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिनहरूमा बाइडेनले दिएका माफीहरू ९जसमा उनका छोरा हन्टर बाइडेनलाई दिइएको माफी पनि समावेश छ० अमान्य भएको बताए।
ट्रम्पले भने, 'बाइडेनलाई थाहा नहुन सक्छ कि कुन कागजातहरूमा उनको नाममा हस्ताक्षर भइरहेको छ, किनकि त्यसमा हस्ताक्षर गर्न अटोपेन प्रयोग गरिएको थियो।'
अटोपेन एउटा मेसिन हो जसले मानव हस्ताक्षरको ठ्याक्कै प्रतिलिपि बनाउँछ। यो विशेष गरी आधिकारिक कागजातहरूमा हस्ताक्षर गर्नको लागि डिजाइन गरिएको हो। अमेरिकी राष्ट्रपतिहरूले दशकौंदेखि अटोपेन प्रयोग गर्दै आएका छन्। बाइडेनले माफीका कागजातहरूमा हस्ताक्षर नगरेको ट्रम्पको दाबी छ।
ट्रम्पले थप भने, 'राजनीतिक हिसाबले सुतिरहेका बाइडेनले धेरै गुण्डाहरू र अन्यलाई दिएको माफी अब प्रभावकारी मानिने छैन किनभने यो अटोपेनद्वारा दिइएको थियो। अर्को शब्दमा भन्नुपर्दा, जो बाइडेनले माफीका कागजातहरूमा हस्ताक्षर गरेनन् र अझ महत्त्वपूर्ण कुरा, उनलाई यसबारे केही थाहा थिएन।'
पद छोड्नुभन्दा ठीक अगाडि बाइडेनले गलत तरिकाले माफी दिएका सबै व्यक्तिहरू अब अनुसन्धानको सामना गर्ने छन्।
राष्ट्रपति पद छोड्नुअघि जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफी दिएका थिए। बाइडेनमाथि अवैध रूपमा बन्दुक राखेको र कर छली गरेको आरोप लागेको थियो।
बाइडेनले भनेका थिए, 'उनलाई कानून र व्यवस्थामा पूर्ण विश्वास छ, तर राजनीतिले यसलाई फोहोर बनाएको छ। हन्टरको केस पछ्याउने कुनै पनि समझदार व्यक्तिलाई थाहा हुनेछ कि उसलाई मेरो छोरा भएको कारणले मात्र निशाना बनाइएको थियो।'
हन्टरलाई गत वर्ष डिसेम्बर ४ मा सजाय सुनाइने तय भएको थियो। गैरकानुनी रूपमा बन्दुक खरिद गर्नेको अधिकतम सजाय २५ वर्षको जेल सजाय हुन सक्थ्यो तर सजाय सुनाउनुभन्दा दुई दिनअघि बुबा बाइडेनले आफ्नो छोरालाई बचाउन आफ्नो राष्ट्रपतिको शक्ति प्रयोग गरेका थिए। आजको नागरिक दैनिकबाट