9.2k
Shares
काभ्रे । आगामी ७ चैतबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि काभ्रेपलाञ्चोकका सरकारी विद्यालयमा विद्यार्थीको प्रतिनिधित्व न्युन देखिएको छ ।
जिल्लाभर यसपटक नियमिततर्फ कुल ५७ सय ८९, ग्रेडवृद्धितर्फ ६ सय ९ र प्राविधिकतर्फ १९६ जना गरी कुल ६ हजार ३ सय ९१ जना विद्यार्थी सहभागी हुँदैछन् ।
१ सय ४९ सामुदायिक (सरकारी) र ६७ निजी विद्यालयले परीक्षामा सहभागी हुँदैछन् । यसमध्ये २५ वटा सरकारी विद्यालयबाट १० जनाभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
निजीतर्फ भने तीनवटा विद्यालयबाट १० भन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।