बीमा प्राधिकरणको सञ्चालकमा शेयर लगानीकर्ता पोखरेल नियुक्त

9.3k Shares

काठमाडौं– नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिमा शेयर लगानीकर्ता राधा पोखरले नियुक्त भएकी छन् । 

विशाल बजार कम्पनी लिमिटेडको समेत सञ्चालक समितिको सदस्य रहेकी पोखरेललाई सरकारले सदस्यमा नियुक्ति गरेको हो।

प्राधिकरणमा अर्थ मन्त्रालयका सहसचिव, कानुन मन्त्रालयका सहसचिव र बीमाका प्रतिनिधित्व सदस्य हुने व्यवस्था छ । 

बीमा ऐन अनुसार एक महिला सञ्चालक समिति सदस्य हुनुपर्ने व्यवस्था भएकाले पोखरेललाई सरकारले नियुक्त दिएको हो ।

सम्बन्धित समाचार