एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद

7.3k Shares

काठमाडौं– एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद भएको छ ।

फागुन २७ गते सर्वोच्च अदालतले सार्वजनिक गरेको २०८०-८१ को वार्षिक प्रतिवेदनमा उल्लेखित तथ्याङ्क अनुसार एक वर्षमा चालीस हजार माथिको सम्बन्धविच्छेद भएको हो । 

त्यसैगरी आठ हजार ५६८ को अझै अदालती प्रक्रियामै रहेको छ । सर्वोच्च अदालतबाट ८, देशभरका उच्च अदालतबाट एक हजार २०६ र ७७ जिल्लाबाट ३९ हजार ५४ गरी ४० हजार ३२० को सम्बन्धविच्छेद भएको छ ।

सम्बन्धित समाचार