काठमाडौं- पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा फेरि सुनुवाइ सुरू भएको छ ।
पटक पटक पेशी सर्दै आएको यो मुद्दाको सर्वोच्चले लामो सयम भइसक्दा पनि अन्तिम छिनोफानो गर्न सकेको छैन । सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको रिटको सुनुवाइ अहिले संवैधानिक इजलासमा भइरहेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी मनोजकुमार शर्मा र कुमार चुडाल सम्मिलित संवैधानिक इजलासमा यो मुद्दाको सुनुवाइ अघि बढेको हो ।
यसअघि गत असोज ९ गते हालसम्मका प्रगति विवरण माग भएको थियो । तत्कालीन प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्याायधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासलले अनुसन्धानको विवरण झिकाउन आदेश गरेको थियो ।