तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै

9.3k Shares

काठमाडौं– तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै छन् । उनीहरू आज काठमाडौं फर्कन लागेको पार्टी सचिव देबेन्द्र पौडेलको भनाइ छ । 

‘समसामयिक राजनीतिक परिवेशका कारण नेताहरू काठमाडौँ फिर्ता हुन लाग्नुभएको छ ।’ पौडेलले खबरहबलाई भने, ‘भोलि बिहान पदाधिकारी बैठक छ ।’ सचिव पौडेलका अनुसार ५ दिनका लागि अभियान रोकिएको हो ।   

राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौँ फर्कँदै पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थक र राप्रपाहरूले आज काठमाडौँमा प्रदर्शन गर्दै छन् ।

फागुन १२ गतेदेखि चैत ७ गतेसम्म तराई मधेसका जिल्लामा अभियान चलाउन जिल्ला पुगेको माओवादीले आइतबार बारा, पर्सा र चितवनमा कार्यक्रम गर्न लागेको थियो । 

झापाको कचनकवलबाट सुरु भएको जागरण अभियान चैत ७ गते कन्चनपुर पुगेर समापन गर्ने माओवादीको कार्य तालिका थियो ।

सम्बन्धित समाचार