सौगातसँग चैत ३ मा विवाहबारे के भन्छिन् सृष्टि ?

9k Shares

काठमाडौं – नायक सौगात मल्ल र सृष्टि श्रेष्ठ करिब ४ वर्ष प्रेम सम्बन्धमा बसे । कुनै समय यो जोडीलाई नै एकै फिल्म प्रस्तावसमेत आउने गर्थ्यो । यो जोडीले एकले अर्कालाई फिल्ममा लिनुपर्ने सर्त राख्छन् भन्नेसम्म सुनिन्थ्यो ।

वि‍.सं. २०७९को चैतमा उनीहरुको सम्बन्धमा दरार आयो । ब्रेकअप भएको चर्चा चल्यो । यो कुरा दुवैले स्वीकार गरे । अभिनय बढी समय दिन सहमतिमै अलग भएको यी दुईले बताएका थिए ।

ब्रेकपछि पनि यी दुई एकै फिल्ममा अनुबन्ध भइरहेका छन् । ‘भाइरल गोर्खे’ फिल्मको छायाङ्कनको क्रममा यी दुई नजिक भएको बुझिएको छ ।

छुटिएको यो जोडीको गत माघमा विवाहको समेत चर्चा चल्यो । चैत ३ मा विवाह गर्दैछन् भन्ने समाचार पनि आए । तर, यसमा सृष्टिको मौन बसिन् । उनको मौनताले यो चर्चाले थप बढवा पायो ।

उनले कुनै खण्डन नगरी मौन बस्दाको अवस्थालाई धेरैले विवाहको खबर सत्य रहेको रुपमा स्वीकार गरे । तर, चैत ३ गते सौगातसँग विवाहको कुरा उनले ठाडै अस्वीकार गरिन् । उनले भनिन्, ‘चैत ३ मा विवाह भन्ने समचार सत्य होइन ।’ ‘त्यसो भए अन्य मितिमा चाहिँ सौगतसँग विवाह हुन लागेको हो ?’ भन्ने प्रश्न सोधियो । उनको जवाफ थियो, ‘अहिलेका लागि विवाहको कुरा सत्य होइन ।’

कमल पोखरीको एक हलमा आफ्नो अभिनय रहेको फिल्म ‘११ः५५’को ट्रेलर सार्वजनिक कार्यक्रममा बिहीबार सृष्टि उपस्थित थिइन् । त्यहाँ भने सृष्टिले सौगतसँगको प्रेम र विवाहबारे केही खुलासा गरिन् । विवाहको झुटो खबरमा मौन बस्नुको कारणबारे भनिन्, ‘विवाहबारेको समाचारको खण्डन नगर्नुको कारण चाहिँ झन् यो विषय जटिल बन्छ भनेर हो । समय नै सबै कुरा भन्छ भनेर मौन बसेँ ।’

सृष्टिको यो जवाफले सौगातसँग सम्बन्ध सुधारिएको संकेत गर्छ । उनीहरुको ‘प्याचअप’ भएको चर्चालाई बढवा दिन्छ । सौगातसँग सम्बन्ध सुधार भएको सृष्टि पनि स्वीकार गर्छिन् । उनी भन्छिन्, ‘हामी धेरै नराम्रो भएर छुटिएका थिएनौं । अहिले हामीबीच राम्रो छ ।’ उनले ‘प्याचअप’को कुरा भने स्वीकार गरिनन् ।

सम्बन्धित समाचार