खसीको मासुको मूल्य प्रतिकिलो छ सय तोकियो

8.4k Shares

ताप्लेजुङ । ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य समान सहित खसीको मासुको मूल्य सात रुपियाँ तोकेको छ । मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपात लगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो ।

वडाले बङ्गुर र सुँगुरको मासु प्रतिकिलोग्राम ४०० रुपियाँ, खसीको मासु प्रतिकिलोग्राम ६०० रुपियाँ, राँगाको मासु प्रतिकिलोग्राम ३०० रुपियाँ तोकिएको छ । त्यस्तै वडाले बाख्राको मासु प्रतिकिलोग्राम ५०० रुपियाँ र स्थानीय (लोकल) कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम एक हजार रुपियाँ तोकेको छ ।

यसै गरी मूल्य दर तोके (निर्धारण) अनुसार खाद्यान्न अर्थात् अन्नपाततर्फ धान प्रतिपाथी २५० रुपियाँ, मकै पाथीको ३०० रुपियाँ रहेको छ । यस्तै कोदो र गहुँ प्रतिपाथी समान ३०० रुपियाँ, जौ प्रतिपाथी २५० रुपियाँ, भटमास ८०० रुपियाँ र आलुको बिउँ प्रतिपाथी ३०० रुपियाँ मूल्य तोकिएको छ । घ्युको मूल्य प्रतिमाना ३०० रुपियाँ तोकिएको छ ।

सम्बन्धित समाचार