काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उठेको रकम दुरुपयोग गरेको आरोपमा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)विरुद्ध परेको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ ।
तीन वर्ष लामो अनुसन्धानपछि अख्तियारले फाउन्डेसनले प्राप्त सहयोग रकम प्रक्रियागत रूपमा खर्च गरेको ठहर गर्दै मुद्दा तामेलीमा राखेको हो ।
वाग्मती क्रिकेट संघका तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले २०७८ माघ २ गते धुर्मुस–सुन्तलीविरुद्ध अख्तियारमा उजुरी दिएका थिए । उनले फाउन्डेसनले संकलित चन्दा र सरकारी निकायबाट प्राप्त ५७ करोडभन्दा बढी रकम दुरुपयोग गरेको दाबी गरेका थिए । तर, अख्तियारको अनुसन्धानबाट फाउन्डेसनले कुनै अनियमितता नदेखिएको बताएको छ ।