हुम्ला । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने कवाडी सलीसल्ला हुँदै सिमकोटसम्मको सडकको अस्थायी रुट परमिटका लागि सिफारिस गरिएको छ । सो सडक खण्डमा अस्थायी रुट परमिटको अनुमति लिनका लागि प्राविधिक सहितको टोलीले पाँच दिन लगाएर अनुगमन गरेपछि उक्त सिफारिस गरिएको हो ।
कानुन विपरित सो खण्डको ५१ किलो मिटर सडकमा हालसम्म अस्थायी रुट परमिट बिनै यातायतका साधनहरू सञ्चालन हुँदै आएकोमा त्यसलाई वैधानिक किसिमले यातायातका साधन सञ्चालन गर्नका लागि जिल्लाबाट खटिएको टोलीले अनुगमन गर्ने कार्य गरेर अस्थायी रुट परमिटका लागि सिफारिस गरेको समितिका संयोजक हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो ।
समितिले अस्थाइ रुट परमिका लागि उक्त खण्डको सडक उपयुक्त भएको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको हो ।