सरसफाइ व्यवस्थापन केन्द्रको जग्गा खरिदमा कर्मचारीकै बदमासी

9k Shares

तनहुँ । तनहुँको व्यास नगरपालिकाले वडा नम्बर १३ मा  सरसफाइ व्यवस्थापनको लागि जग्गा खरिदमा नगरपालिकाकै कर्मचारीले चलखेल गरेको खुलासा भएको छ ।  सरसफाइ जग्गा व्यवस्थापन केन्द्रले पत्रकार सम्मेलनमा कमिसनको लागि कर्मचारीले चलखेल गरेको अडियो हालै सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा सरसफाइ जग्गा व्यवस्थापन समितिका संयोजक तथा व्यास नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष वसन्तबहादुर आलेले  अडियो सार्वजनिक गर्नु भएको थियो । वरिष्ठ आन्तरिक लेखा परीक्षण [आलेप] अधिकृत कुमार कन्चन जिसीले ५० लाख रुपियाँ घुस रकम पाए मात्रै काम पुरा हुने गोप्य अडियो रेकर्ड सुनाइएको थियो ।

रकम नपाएको अवस्थामा ईश्वर पन्थको फमको नाममा रहेको सो जग्गालाई बैङ्कबाट लिलाम गराई सस्तोमा खरिद गरी रिर्सोट सञ्चालन गर्न सकिने, आश्रम तथा जग्गा प्लटिङ गरी घर निर्माण गरी बिक्री गरी नाफा कमाउन सकिने अडियो मा छ ।  सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरे, जग्गा दलालीले गरेको षडयन्त्र, अधिवक्ता विश्व वास्तालाले जग्गा खरिद कार्य रोक्ने तरिकाको बारेमा कानुनी परामर्श दिएको अडियो सार्वजनिक गरिएको थियो ।  

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दोषीलाई कारबाही हुने बताउनु भयो । नगर प्रमुख न्यौपानेले मङ्गलबार गोरखापत्रसँग जग्गा खरिद प्रक्रियालाई बिथोल्न नगरपालिकाका आलेप अधिकृत कुमार कञ्चन जिसी सहितका कर्मचारीको अडियो सार्वजनिक भएको हुँदा उनीहरूलाई कार्यपालिका बैठक बसेर कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको उहाँले बताउनुभयो । 

सम्बन्धित समाचार