10.5k
Shares
काठमाडौं - कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगर प्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।
मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगर प्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार छन् ।
वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नगर प्रमुख राजकुमार नकर्मी, वडा नं १ का अध्यक्ष हीरालाल महर्जन र वडा नं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका थिए ।