ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण

10.3k Shares

जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाले ज्येष्ठ नागरिका लागि घरमै स्वास्थ्य परिक्षण गरिरहेको छ । गाउँमै स्वास्थ्य परीक्षण हुने भएकाले ज्येष्ठ नागरिक सो दिन पर्खिरहेका हुन्छन् ।  

गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र स्वास्थ्य चौकीको समन्वयमा प्रत्येक महिनाको एक पटक स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरिएको हो । सिँजा गाउँपालिका स्वास्थ्य संयोजक ललित रोकायाका अनुसार घरमै गएर सेवा दिने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका स्वास्थ्य शाखाले स्वास्थ्य संस्थाहरु सँगको सहकार्यमा डेड वर्षदेखि हरेक महिनाको एक दिन गाउँमा स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गर्दै आईरहेको जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिक निशुल्क घरदैलो परामर्श तथा उपचार कार्यक्रम अन्तरगत ज्येष्ठ नागरिकलाई रहेक स्वास्थ्य संस्थाले महिनाको एक पटक स्वास्थ्य जाँच गर्दै आउनुभएको छ । 

उहाँहरुलाई घरमै सुगर, प्रेसर, तौल नाप्ने, सरसफाई शिक्षा तथा गर्भवति सुत्केरीलाई समेत जाँच गर्ने सकारात्मक शिक्षा, सरसफाईका विषयमा सचेतना समेत गरिदै आउने गरिएको छ ।  

तालिका अनुसार प्रत्यक स्वास्थ्य संस्थाले मासिक एक दिन एक गाउँमा जानुपर्दछ । गाउँमा भेला गराएर विहान दिउसोको समय मिलाएर सेवा दिने, दिर्घरोगीलाई अस्पताल पठाउने, थप उपचार गर्न माथिल्लो निकायमा पठाउने काम भइरहेको छ । 

सम्बन्धित समाचार