झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा

7.4k Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चितवनको माडी नगरपालिका पुगेका छन् ।  माओवादीले सोमबारदेखि सुरु गरेको हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी : तराई–मधेस एक महिने जागरण अभियानमा भाग लिन आइतबार झापा पुगेका थिए ।  झापाको कचनकवलमा भएको उद्घाटन समारोहमा शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । 

सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ झापाको बाह्रदशीमा भएको कार्यक्रममा देखिएका थिएनन् । मंगलबार बिहान मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको कार्यक्रममा समेत उनी देखिएका छैनन् । 

अहिले माडी नगरपालिकामा हुन लागिएको चार दिने शिवरात्रि मेलाको उद्घाटनका लागि श्रेष्ठ चितवन आएको माडी २ का वडाध्यक्ष दण्डपाणि पौडेलले जानकारी दिए । 

उद्घाटन समारोह सकेर फेरि अभियानमै जोडिने पौडेलले रातोपाटीलाई बताए ।

 

सम्बन्धित समाचार