10.6k
Shares
भोजपुर– भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।
नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो । स्वास्थ्य एकाइ स्थापनाले यहाँका करिव तीन सय घरपरिवार लाभान्वित बनेका छन् ।
लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी– ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिए ।
स्थानीयबासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरिएको वडाध्यक्ष विष्टले बताए ।