मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छः राष्ट्रपति

18.2k Shares

काठमाडौँ ः राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार भएको निधनबाट आफू मर्माहत भएको बताएकी छन् ।  
उनले सोमबाार साँझ ट्वीट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति  समवेदना व्यक्त गरेकी छन् । “उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, राष्ट्रपतिले ट्वीटमा भनेकी छन् । भाारतका पूर्व राष्ट्रपति मुखर्जीको कोरोना भाइरसको संक्रमणका काारण सोमबार निधन भएको थियो ।

सम्बन्धित समाचार