10.8k
Shares
सुलीकोट । गोरखा नगरपालिका-१३ को रामशाहघाटदेखि नेपालको प्रसिद्ध मन्दिर मनकामना मन्दिर जाने सडक स्तरोन्नति सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सिमानमा रहेको रामशाहघाटदेखि मनकामना मन्दिरसम्म सडक खण्ड स्तरोन्नति भएपछि यात्रा सहज हुने भएको हो ।
सडक स्तरोन्नति भएसँगै वर्षा भएपछि हिलाम्मे सडक र भौगोलिक अवस्थाका कारण धुलाम्मे सडक भएर यात्रा गर्नुपर्ने अवस्था अन्त्य भएकोे गोरखा सडक योजनाका इन्जिनियर आशिष रिजालले जानकारी दिनुभयो । गोरखा र तनुहँको सिमानाबाट दरौंदी नदी र मर्स्याङ्दी नदीको कुनाबाट मनकामना जाने सडकमा ग्याबिन, रिटनिङ, स्टक्चर र टेवा पर्खाल लगाएर सडक स्तरोन्नति गरिएको छ ।