देउवाले देशलाई चाँडै चुनावमा लाने !

17.4k Shares

काठमाडौं । न रहे बाँस न बजे बाँसुरी । यो शैलीमा प्रधानमन्त्री शेरबहादुर देउवा देशलाई चुनावमा लाने तयारीमा छन् । कम्युनिस्ट पार्टी फुटेको अवस्थाबीच चुनावमा जाँदा फाइदा हुने निष्कर्षमा पुगेका देउवा नेपाली काँग्रेसको १४औं महाधिवेशन पनि टार्न चाहन्छन् । जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गरेर देशलाई चुनावमा लाँदा महाधिवेशन सार्न सकिने बुझाई देउवा पक्षको छ । यसो हुँदा देउवाले नै काँग्रेसको टिकट बाँड्ने अवस्था बन्छ । महाधिवेशन गर्दा इतर समूह मिलेमा देउवालाई जित मुश्किल छ । त्यसैले उनी जोखिम मोल्न चाहिरहेका छैनन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा प्रकरणले प्रतिनिधि सभा विघटनको सम्भावना झन् बलियो बन्दै गएको छ । जबराको विषयले सत्ता गठबन्धनभित्र विवाद बढ्दै गएको छ । नेपाली काँग्रेस जबरालाई कुनै हालतमा पदमै राख्न चाहिरहेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एस जबराको विपक्षमा देखिएको छ । अर्कोतर्फ एमसीसीमा मतभेद बढेको छ । कुनैपनि बेला गठबन्धन भत्कन सक्छ । त्यतिबेला देउवाले प्रतिनिधि सभा विघटन गरेर देशलाई चुनावमा लान सक्छन् । प्रतिनिधि सभा विघटन भएमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग टर्छ । प्रतिनिधि सभा नै जबराका लागि चुनौती बनेकाले चुनावमा जाँदा अदालतले विगतमा जस्तो प्रतिनिधि सभा ब्युँताउने कदम चाल्ने सम्भावना पनि रहँदैन । 

राजनीतिक घटनाक्रम यसरी विकास भएको छ कि देश वैशाख या जेठभित्र प्रतिनिधि सभाको निर्वाचनमा जाने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्दो छिटो चुनाव घोषणा गर्ने तयारीका साथ परामर्श बढाएका छन् । आगामी वर्षको सुरुमै संसदको निर्वाचन गर्न स्थानीय चुनाव चैतमै गर्ने तयारी समेत भएको छ । यसका लागि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरिसकेका छन् । आयोगले चुनावका लागि तयार भएको भन्दै आवश्यक व्यवस्थाबारे जानकारी गराएको थियो । त्यसो त देउवाले अर्ली इलेक्शनमा जोड दिँदै आएका थिए । कात्तिक या मंसिरमा हुने आवधिक चुनाव ६ महिना अगाडि गर्दा विरोधका स्वर नसुनिने बुझाई देउवानिकटस्थहरुको छ । 

जतिसक्दो छिटो चुनाव गर्न देउवा र ओली अगाडि बढेका छन् । ओली पनि चुनावमा जोड दिइरहेका छन् । चुनावकै विषयले देउवा र ओली नजिकिदै गएका छन् । यसले देउवाको प्रचण्ड र माधव नेपालसँग दूरी बढाएको छ । अब राजनीतिक मुद्दाले भन्दा रणनीतिले नेताहरुबीच निकटता बढ्न थालेको छ । यसले राजनीतिक टकराव बढाउँदै लगेको छ । 


सम्बन्धित समाचार