एकताको भावन जीवित राख्नका लागि मुख्यमन्त्री शाक्यले राजीनामा

16.3k Shares

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएकी अष्टलक्ष्मी शाक्यले एकताको भावन जीवित राख्नका लागि आफूले राजीनामाको बाटो रोजेको बताएकी छन् । प्रदेश सभामा मत विभाजनमा जाँदा तिक्तता बढेर प्रदेश बनाउन नसकिने भएकाले आफूले राजीनामा रोजेको शाक्यको भनाइ छ ।

पदबाट राजीनामा दिँदै उनले बागमती प्रदेशलाई समृद्ध बनाउने अवसर आफ्नो पुस्तालाई रहेको बताउँदै एकताको भावना जीवित राख्नुपर्ने बताइन् । उनले भनिन्,‘बैठकको दोस्रो कार्यसूचीमा मत विभाजन रहेछ । त्यसमा किन जानुपर्यो ररु किन तिक्तता बढाउनेरु आखिरमा नमिलेर सुख छैन । त्यसैले बागमती प्रदेशमा संविधानको धारा १७९ को उपधारा १ क को व्यवस्थाअनुसार मुख्यमन्त्रीबाट मार्गप्रशस्त गरेको छु ।

बागमती प्रदेश राजधानीसँग जोडिएको र धेरै जिल्ला भएको प्रदेश भए पनि विकासका लागि अनुकुल वातावरण रहेको उनको बुझाइ छ । साँच्चै लाग्ने हो भने क्षणभरमै हामी समृद्धितर्फ लैजान सक्छौं,’ उनले भनिन्, ‘यसलाई समृद्ध, सुशासन र विकसित बनाउने हाम्रो कर्तव्य हो ।

बागमतीलाई नमूना, सुशासन र समृद्धिको प्रदेश बनाउन सकिने बताउँदै यसका लागि पक्ष र विपक्षको परम्परागत अवधारणा त्याग्नुपर्ने शाक्यको भनाइ छ । नमूना प्रदेश बनाउन संस्कारयुक्त सत्ता पक्ष र विपक्ष हुनुपर्छ,’ उनले भनिन्, ‘पक्ष र विपक्षमा परम्परागत भएर हुँदैन । सत्ता पक्षले पेल्नु हुँदैन, विपक्षले आलोचना गर्नैपर्ने सोच त्याग्नुपर्छ । यो त्याग्न सकिएन भने नयाँ नेपालको सोच आउँदैन ।

सकारात्मक कुरालाई स्वीकार्ने संस्कार विकास गर्नुपर्ने शाक्यको भनाइ छ । संस्कारयुक्त बागमती प्रदेश बनाउन लागिपर्नुपर्ने उनले बताइन् । आलोचना र आत्माचोलना गरौं । एकले अर्कोलाई माया गरौं । साँच्चिकै प्रदेश बनाउन अलगथलग भएर सकिँदैन । अप्ठ्यारो वातावरण देखेर भनेकी हुँ,’ उनले थपिन् ।

अहिलेको अवस्थासम्म ल्याइपर्यािउने परिवर्तन महत्वपूर्ण विषय भएकाले यसलाई जोगाउन लागिपर्नुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘यतिबेला अलिअलि छलफल गरिहँदा डर पनि लाग्छ, कताकता बाटो विचलित हुने हौं कि, बाटो विराउने हो कि जस्तो लाग्छ । यो ठाउँसम्म पुर्या्उन धेरैको महत्वपूर्ण योगदान छ, यसलाई जोगाउने हाम्रो अहम् दायित्व हो । गणतन्त्र जोगाउने, संघीयता जोगाउने दायित्व छ । आर्थिक सामाजिक रुपमान्तरण गर्ने, नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपालदी भनेर चिनाउन चाहेको हो,’ उनले भनिन् ।

शाक्यले राजनीतिक स्थिरताका लागि सत्ता पक्ष र प्रतिपक्ष नमिलेर सुखै नपाउने बताइन् । उनले  थपिन्, ‘मिलेर अघि बढौं, एक भएर अघि बढौं । परिस्थिति विथोलिन खोजेको होकि, लोकतन्त्र कमजोर हुन थालेको होकि भन्ने प्रश्न हाम्रो मनमा छ ।

सम्बन्धित समाचार