11.2k
Shares
काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण कार्यक्रम अन्तिम समयमा रद्द भएको छ ।
छिमेकी भारत जारी महाकुम्भ मेलाको अवसर पारेर उनी बिहीबार दिउँसो भारत जाने तयारी थियो । उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराजमा अहिले महाकुम्भ लागिरहेको छ ।
त्यही सन्दर्भमा उनी भारत जाने तयारी थियो तर त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट नहुने भएपछि भ्रमण रद्द भएको हो । उनले भारतीय विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्नका लागि कूटनीतिक पहल गरेका थिए । तर त्यो नहुने भएसँगै देउवाको भारत भ्रमण रद्द भएको हो ।