पाथीभरामा केबलकारको विरोध गर्दै राजेन्द्र महतोले सुरु गरे पदयात्रा

14k Shares

फुङ्लिङ– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।

पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए, जसमा पार्टीका नेता रमन पाण्डय, अनुप सुब्बा, सी एम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारी, स्थानीय नेता, कार्यकर्ता, मुकुम्लुङ केबलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको नेता केशव झाले बताए ।

पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु रहेको थियो । सहभागीहरूले परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए । उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार