काठमाडौंमा १९० सहित उपत्यकामा थपिए २९८ कोरोना संक्रमित

16.6k Shares

काठमाडौं ः काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १ सय ९० जना, ललितपुरका ६७ जना र भक्तपुरमा ४१ जना छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

सम्बन्धित समाचार