रौतहट जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी प्रथम

10k Shares

रौतहट– रौतहट जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी यादव प्रथम भएकी छन् । राजदेवी मिडिया सेन्टरले आयोजना गरेको १२ औँ जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा बुधबार उनी प्रथम भएकी हुन्।

प्रतियोगितामा प्रथम राजदेवी नगरपालिकामा-६ की रानीकुमारी यादव, दोस्रो स्थानमा वडा नम्बर २ की सन्जनी कुमारी यादव र ६ नम्बर वडाकी रविनाकुमारी साह तेस्रो भएको आयोजक मिडिया सेन्टरका अध्यक्ष रामपुकार राउतले बताए ।

बुधबार एक समारोहको आयोजना गरी प्रमुख अतिथि मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलले महिला साइकल दौड प्रतियोगितामा प्रथम रानीकुमारी यादवलाई ५० हजार, दोस्रो भएकी सन्जनी कुमारी यादवलाई ३० हजार, तेस्रो रबिना साहलाई २० हजार रुपैयाँको चेक हसतान्तरण गरे।

सम्बन्धित समाचार