नारायणगढ–मुग्लिन सडकका सबै पुल नयाँ बने

9.7k Shares

चितवन – नारायणगढ–मुग्लिन सडकमा १९ वटा नयाँ पुल सञ्चालनमा आएका छन् । याे सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

सडक विस्तारसँगै चार वटा पुल नयाँ बनाइएका थिए । पछि १५ वटा नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार खहरे खोलाको पुल सञ्चालनमा आएसँगै सबै पुल निर्माणको काम सकिएको हो ।

याे पुल निर्माणस्थलमा घरटहरा रहेकाले मुआब्जा दिन ढिलाइ हुँदा पुल बन्न समय लागेको थियो । यसअघि तुइन खोलाको पुल सञ्चालनमा आएको थियो । दुई वर्ष हिउँदमा सडक रोकी भित्तो काटेर पहाड भत्काएर याे पुल निर्माण गरिएको हो ।

याे सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो । विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक ९ देखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुल त्यहीअनुसार फराकिलो बनाइएको छ ।

सम्बन्धित समाचार